मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्को अधिवेशन र प्रभावकारी सञ्चालनबारे राष्ट्रपतिसँग सभामुखको छलफल

bishowkhabar.com · Fri Nov 06 07:39:29 UTC 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान र संसद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारका कामकारबाहीबारे पनि चासो राखेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)