मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामा करिब १० करोडका मूर्ति तथा प्रतिमा निर्यात

kendrabindu.com · Fri Nov 06 07:38:45 UTC 2026

काठमाडौं । नेपालले तीन महिनामा करिब १० करोड रुपैयाँ बराबरका विभिन्न प्रकारका मूर्ति तथा प्रतिमा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्ममा नेपालबाट ९ करोड ९५ लाख रुपैयाँ बराबरका मूर्ति तथा प्रतिमा विदेश निर्यात भएका हुन् ।

भन्सार विभागका अनुसार उक्त अवधिमा बहुमूल्य धातुको जलप लगाइएका साना मूर्ति तथा प्रतिमाहरू ५ करोड १४ लाख ४१ हजार रुपैयाँ बराबरको निर्यात भएका छन् । त्यसैगरी, बहुमूल्य धातुको जलप लगाइएका अन्य सजावटी सामग्री १ करोड ६५ लाख ७ हजार रुपैयाँ र अन्य साना मूर्ति तथा प्रतिमाहरू ४ करोड २८ लाख ३० हजार रुपैयाँ बराबरका निर्यात भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)