सिंहदरबारभित्रै पैदलयात्री असुरक्षित: गाडीको ठक्करबाट सांसद घाइते
reportersnepal.com · Fri Nov 06 07:50:38 UTC 2026

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सुरक्षा र सवारी नियम पालनाको अवस्थालाई लिएर गम्भीर प्रश्न उठेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ।
मन्त्रालयअगाडिको जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा सल्लाहकार निधिको गाडीले सांसद गैरेलाई ठक्कर दिएको प्रहरीले बताएको छ । सडक पार गर्न हातको इसारा गर्दागर्दै पनि गाडीले ठक्कर दिएपछि उनी भुइँमा लडेर सामान्य घाइते भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)