मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

reportersnepal.com · Fri Nov 06 07:46:11 UTC 2026

तेल अभिभ, २० कात्तिक । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेको छ । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)