विपक्षी नेता आइसेनकोट बन्ने भए इजरायलको प्रधानमन्त्री, ६७ सांसदले गरे समर्थन
bishowkhabar.com · Fri Nov 06 08:04:52 UTC 2026

काठमाडौं– इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गादी आइसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन् । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि आइसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । आइसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)