कांग्रेस सांसदहरूद्वारा सुनकोशी मरिणको ठेक्का रद्द र कर्मचारीमाथि दबाब प्रकरणमा छानबिन गर्न माग
ratopati.com · Fri Nov 06 08:09:23 UTC 2026

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम समयमा गैरकानुनी रूपमा रद्द गरिएको र उच्च सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर दबाब दिइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिनको माग गरेको छ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सदस्य रहेका कांग्रेस सांसदद्वय जनकराज गिरी र योगेश गौचन थकालीले शुक्रबार समिति सभापति हरि ढकाललाई लिखित निवेदन दिँदै अविलम्ब बैठक डाक्न र घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक निर्देशन दिन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)