मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करेसाबारीको फूलबाटै तिहार खर्चको जोहो, किसान भन्छन्- १० बोटले नै दुई हजार पाइयो

khabarhub.com · Fri Nov 06 08:10:06 UTC 2026

महोत्तरी- तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री फूलबाट जोहो गर्दैछन् ।

‘यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको फूलले राम्रो आम्दानी दियो’, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भनिन्, ‘भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो ।’ फूलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)