तिहारमा फेरि रौनक भर्ने रहिशको ११ वर्षदेखिको ‘दीपावली सपना’ [भिडियो]
hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

रुपन्देही। केही वर्ष अघिसम्म तिहारको लक्ष्मीपूजाका दिन भैरहवा बजारमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो। बैंक रोड, गल्लामण्डी र मैत्रीपथ झिलिमिली बत्तीले चम्किन्थे। पसलअगाडि केराका खम्बा गाडेर बाँसका घेरा बनाइन्थ्यो। गेरुले घरको आँगन लिपेर त्यसभित्र माटाका दियो बालेर गरिने सजावटले बजारलाई छुट्टै सौन्दर्य दिन्थ्यो। ठाउँठाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे। आवारोड, मैत्रीपथ र मिलनचोकमा हुने नाचगान हेर्न मानिसको भीड लाग्थ्यो।
तिहारको साँझ ८ बजेपछि भैरहवाका सडकमा चहलपहल बढ्थ्यो। रुपन्देही मात्रै होइन, कपिलवस्तु, नवलपरासी र सीमापारि भारतबाट समेत मानिसहरू दीपावलीको रौनक हेर्न भैरहवा आइपुग्थे। फोटो स्टुडियोमा तस्बिर खिचाउन पालो कुर्नुपर्थ्यो। पसलहरू रातिसम्म खुला रहन्थे। तिहार घरघरमा मनाइने पर्वमा मात्र सीमित थिएन, सिंगो सहरलाई जोड्ने उत्सव थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)