एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध युवा टोलीको कमजोर प्रदर्शन, १२८ रनमा अलआउट
himalpress.com · Fri Nov 06 08:16:01 UTC 2026
काठमाडौँ- एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले भारतसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। ओमानको एआई इमिरेट क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाली टिमले ४२ दशमलव ३ बलमा सबै विकेट गुमाएर जम्मा १२८ रन जोड्यो।
नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन जोडे। ९३ बल खेलेका उनले एक छक्का र एक चौका प्रहार गरे। विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले २९ रन बनाए। ओपनर निरजकुमार यादव २० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)