मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एउटै फिल्ममा फेरि देखिँदै प्रदीप खड्का र पल शाह, ‘उही तिम्रो’को शुभमुहूर्त

khabarhub.com · Fri Nov 06 08:17:22 UTC 2026

काठमाडौं – नेपाली फिल्मका दुई लोकप्रिय अभिनेता प्रदीप खड्का र पल शाह फेरि एकसाथ पर्दामा देखिने भएका छन्। फरक–फरक फिल्ममार्फत दर्शकको मन जित्दै आएका यी दुई अभिनेतालाई कृषा चौलागाईंको आगामी फिल्म ‘उही तिम्रो’ले एउटै पर्दामा ल्याउने भएको हो। शुक्रबार पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको छ।

केपी फिल्म्स तथा पुरुषोत्तम फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा प्रदीप र पलसँगै अभिनेत्री सिम्रन पन्त पनि मुख्य भूमिकामा देखिनेछिन्। त्यस्तै, यही फिल्ममार्फत जुना विश्वकर्माले अभिनयमा डेब्यु गर्दैछिन्। यससँगै फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमिल्सिना र सुरज तमुलगायत कलाकारको पनि अभिनय रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)