रुपन्देहीमा सातजना पक्राउ
gorkhapatraonline.com · Fri Nov 06 08:28:42 UTC 2026

रुपन्देही प्रहरीले विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरी शुुक्रबार सार्वजनिक गरेको छ । शान्ति सुब्यवस्थामा खलल पुगाएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा १ बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीले पर्सा विरगञ्ज महानगरपालिका वडा ३२ बस्ने बर्ष २८ का अनुकुमार नट, बारा बारागडी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष १९ का सरोजकुमार पासवान, बिरगञ्ज महानगरपालिका वडा नं. ३२ बस्ने बर्ष ३४ को सुमन सिंह, बिरगञ्ज महानगरपालिका वडा नं. ३२ बस्ने बर्ष ७० का अनिल राय, पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३६ को विजय राय नट रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)