मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

khabarhub.com · Fri Nov 06 08:37:09 UTC 2026

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको छ । कर्णालीले टस जितेर पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर शैफ जेभले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए । त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)