प्रधानमन्त्री दैवी कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब दिने सरकारकाे तयारी
reportersnepal.com · Fri Nov 06 08:37:56 UTC 2026

काठमाडौँ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय सडक तथा पुलहरूको पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकम पूर्वाधार विकास मन्त्रालयलाई उपलब्ध गराउने विषयमा छलफल भइरहेको हो ।
प्रतिनिधिसभाको विशेष समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट सीमाभित्रै रहेर पुनर्निर्माणका काम तत्काल अघि बढाउन उद्धार कोषको मौज्दात रकम परिचालन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)