आफ्नै औँलाको छाप लगाएर मृत्यु भएकाको समेत सामाजिक सुरक्षा भत्ता खाने प्रशासकीय अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा
lokaantar.com · Fri Nov 06 08:32:54 UTC 2026

ओखलढुंगाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
गाउँपालिकाको वडा नम्बर ९ मा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)