सुक्खा पहिरो खस्दा दिन्द्रुक खोला थुनिएर ताल बन्यो
gorkhapatraonline.com · Fri Nov 06 08:37:37 UTC 2026

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका –१ साम्दोमा सुक्खा पहिरो खसेर दिन्द्रुक खोला थुनिएर ताल बनेको छ । लार्केबजारबाट करिब २ दशमलव ५ किलोमिटर उत्तरमा पर्ने लार्केबजार र धर्मशालाको बिचमा बग्ने दिन्द्रुक खोलामा आज दिउँसो करिब १२ः४० बजे पहिरो खसेर खोला थनिएको हो ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार खोला थुनिएर ताल बने पनि अहिलेको अवस्था सामान्य रहेको छ । ‘‘स्थानीयहरुसँग बुझ्दा डराइहाल्नुपर्ने अवस्था छैन भन्ने छ, तर सतर्क रहन आवश्यक छ” अध्यक्ष लामाले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)