मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेसाबारीको फूलबाट तिहार खर्चको जोहो

ajakoartha.com · Fri Nov 06 08:28:00 UTC 2026

महोत्तरी - तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको पूmलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री पूmलबाट जोहो गर्दैछन् ।

“यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको पूmलले राम्रो आम्दानी दियो”, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भन्नुहुन्छ, “भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो ।” पूmलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)