मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, विपद्पछिको पुनर्निर्माण प्राथमिकतामा

gorkhapatraonline.com · Fri Nov 06 08:39:41 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिरमा हुने भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमणका क्रममा उठाइने राष्ट्रिय एजेन्डा, सम्भावित द्विपक्षीय भेटवार्ता तथा सम्झौताका विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी गृहकार्य अघि बढाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गरी सबै सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले भ्रमणमा समावेश गर्नुपर्ने विषयवस्तु र नेपालको राष्ट्रिय हितसँग जोडिएका एजेन्डाबारे छलफल भइरहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)