मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

onlinekhabar.com · Fri Nov 06 08:35:18 UTC 2026

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् ।

शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आइपुगेका हुन् । निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्था डिजिटल मिडिया फाउन्डेसन अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)