भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, १२८ रनमै समेटियो इनिङ्स
kathmandupati.com · Fri Nov 06 08:42:54 UTC 2026
काठमाण्डु – यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ प्रदर्शन गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार जारी समूह ‘ए’ को खेलमा नेपाली टोली ४२.३ ओभरमा १२८ रनमै समेटिएको हो ।
नेपालले दिएको १२९ रनको लक्ष्यसँगै भारत जितको नजिक पुगेको छ । नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बल खेल्दै एक चौका प्रहार गरे । त्यस्तै, आशिष लुहारले ४५ बलमा २९ रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)