मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सुरक्षा भत्तामा अनियमितता : लिखु गाउँपालिकाका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

annapurnapost.com · Fri Nov 06 08:37:55 UTC 2026

काठमाडौं : सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ‌ओपबहादुर कार्की र अभय कुमार गुप्ता,निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी,तत्कालीन एमआईएस अपरेटर खिला विक र सोही गाउँपालिका वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष शुक्रविर तामाङविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)