द पोस्टकार्ड होटल नेपालमा विस्तार हुँदै, चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने
ajakoartha.com · Fri Nov 06 08:44:00 UTC 2026

काठमाडौं- द पोस्टकार्ड होटलले नोभेम्बर २०२६ मा द पोस्टकार्ड अन द राप्ती रिभर, चितवन संचालनमा ल्याउँदै नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। राप्ती नदीको सुन्दर घुम्तीमा अवस्थित यस होटलबाट वरपरका जंगल र पहाडहरूको सुन्दर दृश्य देख्न सकिन्छ।
२२ वटा फराकिला कोठा तथा सुइट रहेको यो लक्जरी रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ। दक्षिण एसियाकै महत्वपूर्ण वाइल्डलाइफ गन्तव्यमध्ये एक मानिने चितवनमा होटल सञ्चालनसँगै द पोस्टकार्ड होटल भारत, भुटान र श्रीलंकापछि चौथो देशका रूपमा नेपाल प्रवेश गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)