आईजीपी सचिवालयमा खटिए एसएसपी प्रविण पोखरेल
nepalpress.com · Fri Nov 06 09:03:07 UTC 2026

काठमाडौं। प्रहरीका नवनियुक्त आईजीपी डा.मनोजकुमार केसीले एसएसपी प्रविण पोखरेललाई आफ्नो सचिवालयमा झिकाएका छन् । उनी राष्ट्रिय सुरक्षा परिषद्, सिंहदरबारमा कार्यरत थिए ।
प्रहरीमा आईजीपी फेरिएसँगै पुरानो टीमका अधिकृतलाई पनि फेर्ने प्रचलन छ । डा.केसीले भने पूर्वआईजीपी दानबहादुर कार्कीको सचिवालयमा रहेकै नाममा कुनै पनि कर्मचारीमाथि कुनै भेदभाद नगर्ने नीति लिएको उनको सचिवालयमा कार्यरत एक अधिकृतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)