सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Fri Nov 06 09:04:05 UTC 2026

ओखलढुङ्गा। ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखु गाउँपालिका वडा नं. ९, पोकलीमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)