सामाजिक सुरक्षा भत्तामा ३१ लाख हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
nepalpress.com · Fri Nov 06 09:04:27 UTC 2026

काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको संलग्नतामा रकम हिनामिना भएको देखिएको आयोगको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)