ओखलढुंगाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ५ विरुद्ध मुद्दा
clickmandu.com · Fri Nov 06 09:10:48 UTC 2026

काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर ९ पोकलीमा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वडा अध्यक्ष, तीनजना प्रमुख प्रशासकीय अधिकृत तथा एम।आई।एस। अपरेटरसहित पाँचजनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दा मृत्यु भइसकेका, बसाइँसराइ गरिसकेका तथा दोहोरो नाम समावेश गरेर र वडाध्यक्ष आफैँले सयौँपटक औँठाछाप लगाई रकम दुरुपयोग गरेको पुष्टि भएपछि आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)