तिहारको भाइमसलामा विदेशी निर्भरता, मूल्य आकाशिँदा उपभोक्ता मारमा
kendrabindu.com · Fri Nov 06 09:17:34 UTC 2026

काठमाडौं । तिहार नजिकिँदै जाँदा नेपाली बजारमा भाइमसलाको कारोबार बढेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन र घरमा आउने पाहुनाको सत्कार गर्न प्रयोग हुने काजु, बदाम, ओखर, पिस्ता, किसमिस, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढेसँगै बजारमा यसको मूल्यसमेत उकालो लागेको हो ।
यस वर्ष भाइमसला खरिद गर्दा गत वर्षको तुलनामा निकै महँगो मूल्य तिर्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र मखन गल्लीमा तिहारका लागि भाइमसला किन्ने ग्राहकको चहलपहल बढेको छ । तर, बजारमा उपलब्ध अधिकांश ड्राइफ्रुट तथा मसलाजन्य वस्तुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १५० देखि ३ सय रुपैयाँसम्म बढेको व्यापारीहरू बताउँछन् । केही वस्तुको मूल्य भने झन्डै दोब्बर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)