गोरखाको लार्केबजार क्षेत्रमा बनेको हिमताल खुल्यो
annapurnapost.com · Fri Nov 06 09:14:10 UTC 2026

गोरखा : मनास्लुको फेदीमा सुख्खा पहिरोबाट उत्तरी गोरखाको लार्केबजार क्षेत्रमा बनेको हिमताल खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजे जिल्लाको चुमनुब्री गाउँपालिका–१, साम्दोस्थित मनास्लु हिमालको फेदीमा पर्ने लार्केबजार क्षेत्रमा सुख्खा पहिरो खसेको थियो। पहिरोका कारण स्थानीय दिन्द्रुक खोला थुनिएर करिब दुई सय मिटर लम्बाईको हिमताल बनेको थियो। अहिले उक्त हिमताल खुलेको चुमनुब्री–१ सामागाउँका स्थानीय मिङमार लामाले जानकारी दिए। लामाका अनुसार दिन्द्रुक खोलामा मनास्लु हिमालको क्याम्प १ तर्फबाट सुख्खा पहिरो खसेको थियो। ‘लार्केबजारबाट लार्केपास जाने बाटोमा पर्ने दिन्द्रुक खोलामा मनास्लुको क्याम्प १ बाट पहिरो खसेर केहीबेर खोला थुनिएको थियो’, उनले भने, ‘खोला थुनिएको केहीबेरमै यहाँ ठुलो हिमताल बनेकोमा अहिले बिस्तारै ताल खुलिसकेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)