मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

ratopati.com · Fri Nov 06 09:22:21 UTC 2026

ढाका । म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको उक्त झडपमा एक सैनिकको मृत्यु भएको बङ्गलादेशी सेनाले जनाएको छ ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार १५ देखि १६ जनाको सशस्त्र समूहले करिब १२० रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिकलाई अपहरण गरेको सूचना पाएपछि सुरक्षा बलले म्यान्माको सीमा नजिकै टेकनाफको रोङ्गिखालीस्थित पहाडी क्षेत्रमा उद्धार अभियान सञ्चालन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)