तिब्बत पठारमा सौर्य ऊर्जा विस्तार, भेडा गोठालाहरूको आम्दानी बढ्दा घुमन्ते परम्परा भने संकटमा
clickmandu.com · Fri Nov 06 09:23:34 UTC 2026

एजेन्सी । विश्वकै सबैभन्दा अग्लो भूगोल मानिने छिङ्हाइ–तिब्बत पठारमा चीनले नवीकरणीय ऊर्जा विस्तारका लागि लाखौं सोलार प्यानल बिछ्याएपछि त्यहाँका केही भेडा गोठालाहरूको जीवनशैली र आम्दानीमा अप्रत्याशित सुधार आएको छ । तर, आम्दानी बढेसँगै सदियौं पुरानो परम्परागत घुमन्ते चरन प्रणाली भने लोप हुने जोखिम बढेको भन्दै अध्येताहरूले चिन्ता व्यक्त गरेका छन् ।
उत्तरपश्चिमी प्रान्त छिङ्हाइको गोङ्हे काउन्टीस्थित तारबारले घेरिएको विशाल सौर्य ऊर्जा पार्कभित्र भेडा चराउन अनुमति पाएका २५ वर्षीय गोठाला ली योङलिनका अनुसार, सौर्य फार्मले चरन कार्यलाई निकै सहज बनाइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)