ममता काफ्ले प्रकरण: पति नरेश भट्टले अदालतमा दिए सनसनीपूर्ण बयान, शव टुक्रा पारेर फोहोरमा फालेको स्वीकार
barnanmedia.com · Fri Nov 06 09:12:27 UTC 2026

अमेरिका (भर्जिनिया) । अमेरिकामा कार्यरत नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी समयपछि यस घटनाले नयाँ र भयानक मोड लिएको छ। भर्जिनियाको प्रिन्स विलियम काउन्टी अदालतमा जारी बहसका क्रममा नरेश भट्टले आफ्नी पत्नी ममताको शवलाई पावर आरा (पावर स) र चक्कु प्रयोग गरी टुक्रा-टुक्रा पारेको र ती भागहरू फोहोर फाल्ने प्लास्टिकको झोलामा हालेर विसर्जन गरेको पहिलोपटक अदालतसमक्ष स्वीकार गरेका छन्।
यसअघि दुई वर्षसम्म ममता आफैँ घर छोडेर भागेको नाटक गर्दै आएका नरेशले अदालतको कठघरामा उभिएर दिएको यो बयानले अदालत कक्षमा उपस्थित सबैलाई स्तब्ध बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)