मुख्यमन्त्री कार्कीले गरे संखुवासभा जिल्ला अस्पताल भवनको उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने घोषणा
annapurnapost.com · Fri Nov 06 09:24:40 UTC 2026

संखुवासभा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संखुवासभा जिल्ला अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
पहाडी र हिमाली जिल्लाका सरकारी अस्पतालहरूमध्ये यो स्तरको विस्तार र स्तरोन्नति पाउन लागेको संखुवासभा जिल्ला अस्पताल पहिलो र एकमात्र अस्पताल हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई ५० बाट १०० शय्याको अत्याधुनिक सुविधासम्पन्न प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने घोषणा गरे। अस्पतालको नयाँ ५० शय्याको भवन सञ्चालनमा आइसकेको अवस्थामा यस क्षेत्रको बढ्दो जनघनत्व र नागरिकको मागलाई ध्यानमा राख्दै थप १०० शय्याको प्रक्रिया आजैदेखि सुरु गर्न मुख्यमन्त्रीले निर्देशन दिए। कार्कीले अस्पताललाई १०० शय्यामा पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पर्ने डाक्टर, नर्स तथा प्राविधिक जनशक्तिको दरबन्दी प्रदेश सरकारले तुरुन्तै थप गर्ने प्रतिबद्धता जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)