नवनियुक्त सीईओ सुवेदीले गरे पदभार ग्रहण
arthasansar.com · Fri Nov 06 09:28:26 UTC 2026

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनलाई गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिको सिफारिसपछि मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र दिंदै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)