सामाजिक सुरक्षा भत्तामा ३१ लाख अनियमितता, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
aarthiknews.com

काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले ओखलढुंगाको लिखु गाउँपालिका–९ मा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध बिहीबार आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)