मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतले झिकायो चीनको ‘एक्जिम बैंक’को ऋण र भुक्तानी

baahrakhari.com · Fri Nov 06 09:45:12 UTC 2026

काठमाडौं । विशेष अदालतले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मुछिएको भ्रष्टाचार मुद्दामा चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको छ ।

भ्रष्टाचार मुद्दामा शुक्रबार (कात्तिक २०)मा भएको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला संलग्न इजलासले उक्त आदेश दिएको हो । अदालतले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियाका सम्पूर्ण विवरण झिकाउन आदेशमा भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)