मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

gorkhapatraonline.com · Fri Nov 06 09:40:46 UTC 2026

विपद्का समयमा हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन ताप्लेजुङस्थित सुरक्षा निकायले संयुक्त रूपमा विपद् प्रतिकार्य नमुना अभ्यास गरेका छन् ।

नेपाली सेनाको दुर्गादल गुल्मको संयोजनमा शुक्रबार फुङलिङस्थित गुल्म परिसरमा अभ्यास गरिएको हो । अभ्यासमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका सुरक्षाकर्मी सहभागी भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)