रुस-युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगेको ट्रम्पको दाबी
bishowkhabar.com · Fri Nov 06 09:46:34 UTC 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने सम्झौता चाँडै हुन सक्ने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रिएभसँग ह्वाइट हाउसमा भेट गरेपछि ट्रम्पले यस्तो बताएका हुन् ।
बिहीबार ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले रुस-युक्रेनबीचको विवाद समाधान गर्ने विषयमा आफूहरू सम्झौताको निकै नजिक पुगेको बताए । यद्यपि उनले दिमित्रिएभसँग भएको छलफलका विषयमा विस्तृत जानकारी दिन अस्वीकार गरेको अलजजिराले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)