खैरो हेरोइनसहित ३ जना पक्राउ
canadanepal.com · Fri Nov 06 09:53:33 UTC 2026

काठमाडौं - प्रहरीले १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बिहीबार काठमाडौँबाट आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ घर भएका ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजबिराज नगरपालिका–३ घर भएका ३३ वर्षीय कौशल कुमार राय र धनुषाको नगराइन नगरपालिका–५ घर भएका गोपाल साह छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)