मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिजी इलेक्ट्रिकको आह्वान: 'सिजी एलईडी' को उज्यालोसँग तिहारलाई अझै झिलिमिली बनाऔँ

hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ। नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसर पारेर सिजी इलेक्ट्रिकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ। "सिजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र कम्पनीले 'उज्यालो भनेकै सिजी एलईडी' भन्ने सन्देशसहित यस पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको छ।

दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएको स्मरण गर्दै सिजी इलेक्ट्रिकले उज्यालो र सकारात्मकताको सन्देश फैलाएको छ। उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यका साथ कम्पनीले विभिन्न प्रकारका गुणस्तरीय एलईडी लाइटिङ तथा विद्युतीय उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)