पोखरा विमानस्थल भ्रष्टाचार : कांग्रेस नेता कार्कीलगायत विरुद्धको मुद्दामा विशेष अदालतले माग्यो भुक्तानी र ऋणको विवरण
ratopati.com · Fri Nov 06 10:06:03 UTC 2026

काठमाडौँ। कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले शुक्रबार चीनको निर्माण कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाई, भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)