नेपाली फिल्मकर्मीको गुनासो: ‘शो टाइम पाएनौँ’ मात्रै कि दर्शक तान्ने फिल्म बनाउन पनि चुकेकै हौँ?
barnanmedia.com · Fri Nov 06 10:01:50 UTC 2026

काठमाडौं । नेपाली फिल्मकर्मीहरूले लामो समयदेखि नेपाली चलचित्रलाई हलमा उचित शो टाइम नदिइएको गुनासो गर्दै आएका छन्। विशेषगरी बिहानका सुरुवाती शो र रातिका ढिला शोमा नेपाली फिल्म सीमित गरिँदा दर्शक हलसम्म पुग्न कठिन हुने उनीहरूको तर्क छ। तर, बलिउडका फिल्मले राति ११ बजेसम्मका शोमा समेत दर्शक आकर्षित गरिरहेको उदाहरणले नेपाली फिल्म उद्योगसामु एउटा गम्भीर प्रश्न खडा गरेको छ—नेपाली फिल्मको कमजोर व्यापारको मुख्य कारण साँच्चै शो टाइम नै हो त?
पछिल्लो समय ‘रामायण’ जस्ता बलिउड फिल्मप्रति दर्शकको आकर्षण र राति अबेरसम्मका शोमा देखिएको उपस्थितिले यो बहसलाई थप रोचक बनाएको छ। कतिपय फिल्मका लागि मध्यरात र बिहान ४ बजेसम्मका शोमा समेत दर्शक पुग्ने अवस्था देखिएको छ। यस्तो अवस्थामा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ—यदि बलिउडका फिल्मले असहज समयमा समेत दर्शकलाई हलसम्म ल्याउन सक्छन् भने नेपाली फिल्मले त्यस्तो उत्साह किन सिर्जना गर्न सकिरहेका छैनन्?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)