मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा १० विदेशी नागरिक निष्कासित

rajdhanidaily.com · Fri Nov 06 10:10:16 UTC 2026

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन कानुन उल्लङ्घन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको हो।

निष्कासनमा पर्नेमा एक जना नाबालकसहित १० जना विदेशी नागरिक छन्। उनीहरूमध्ये पाँच जना संयुक्त राज्य अमेरिका, दुई जना ब्राजिल र तीन जना क्यानडाका नागरिक रहेको अध्यागमनसम्बन्धी विवरणमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)