राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
reportersnepal.com · Fri Nov 06 10:10:48 UTC 2026

काठमाडौँ, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)