मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्घाखाँचीमा प्रदेश स्तरीय भलिबल प्रतियोगीता हुँदै, विजेतालाई डेढ लाख पुरस्कार

annapurnapost.com · Fri Nov 06 10:31:59 UTC 2026

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्।

सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टिमले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन्। विजेता टिम तथा खेलाडीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)