कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
onlinekhabar.com · Fri Nov 06 10:36:12 UTC 2026

२० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान गर्ने भएका छन् ।
टर्किएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको खनालको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)