इन्जिनियर पक्राउ प्रकरणमा कानुनी आधार सार्वजनिक गर्न एसोसिएसनको माग
baahrakhari.com · Fri Nov 06 10:33:12 UTC 2026

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश राजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजालको पक्राउबारे कानुनी आधार सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
एसोसिएसनले प्रधानमन्त्रीलाई पत्र पठाउँदै पक्राउको कारण र कानुनी आधार सार्वजनिक गर्न तथा दुवैको मानव अधिकार र कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो । अनुसन्धान प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत हुनुपर्ने उसको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)