एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
rajdhanidaily.com · Fri Nov 06 10:38:15 UTC 2026

काठमाडौं । कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनफीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यत्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन् । सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)