एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
baahrakhari.com · Fri Nov 06 10:41:26 UTC 2026
काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार (कात्तिक २०) भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।
जितका निम्ति नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९.१ ओभरमा लक्ष्य पूरा गर्यो । भारतको जितमा आर्यभिर सेवाङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ५२ बलमा सात चौका र चार छक्काको सहयोगमा अविजित ७० रन बनाए । लक्ष्य रैचदनीले ६३ बलमा सात चौकाको सहयोगमा अविजित ५३ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)