मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा काभ्रेका मुख्य तथा सहायक सडकमा टिपर चलाउन रोक

ratopati.com · Fri Nov 06 10:47:27 UTC 2026

काभ्रे । तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णयअनुसार चाडपर्वका बेला सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जना हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न टिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)