तिहार र छठलाई लक्षित गर्दै सीजी इलेक्ट्रिकको एलईडी प्रवर्द्धन
aarthiknews.com

काठमाडौं । सीजी इलेक्ट्रिकले तिहार तथा छठ पर्वको अवसरमा उपभोक्तालाई उज्यालो, खुसी र सकारात्मक ऊर्जाको सन्देश दिएको छ । कम्पनीले ‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने नारासहित नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।
कम्पनीले पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ । दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो । यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन् । यही अवसरलाई लक्षित गर्दै कम्पनीले उज्यालो र सकारात्मक ऊर्जाको महत्त्वलाई जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)