परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाने
reportersnepal.com · Fri Nov 06 10:54:00 UTC 2026

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार टर्की प्रस्थान गर्ने भएका छन्।
नोभेम्बर ९ देखि २० सम्म टर्कीको आन्ताल्यामा चल्ने उक्त सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले नोभेम्बर ९ मा उद्घाटन सत्रलाई सम्बोधन गर्नुका साथै नोभेम्बर ११ र १२ को विश्व नेताहरूको शिखर सम्मेलन तथा पर्वतीय एजेन्डासम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)